• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

थपिएका १२४६ संक्रमित मध्ये कुन जिल्लामा कति ?

  • संबाददाता

थपिएका १२४६ संक्रमित मध्ये कुन जिल्लामा कति ?

भाद्र–२५,२०७७

आज एक दिनमा ११ हजार १४४ नमुना परिक्षण गर्दा १२४६ संक्रमितहरु थपिउका छन् । जसमध्ये महिलाको संख्या ४०२ छ भने पुरुषको संख्या ८४४ रहेको छ । आजसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु मध्ये इलामका २, उदयपुरका २, खोटाङका १, झापाका ११, पाँचथरका ४, भोजपुरका ३, मोरङका १६, संखुवासभाका २२, सुनसरीका २३, धनुषाका २७, पर्साका ११, बाराका १७, रौतहटका २, सप्तरीका ३५, सर्लाहीका ४२, सिराहाका १, काठमाडौँका ४९५, काभ्रेका ३६, चितवनका १८, दोलखाका ३, धादिङका ३, नुवाकोटका १, भक्तपुरका ३४, मकवानपुरका ३५, रामेछापका २, ललितपुरका ४३, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, कास्कीका २१, गोर्खाका १, तनहुँका ५, नवलपरासीपुर्वका ८, पर्वतका २, लमजुङका १, बागलुङका ९, स्याङजाका १२, अर्घाखाची २, कपिलवस्तुका ४४, गुल्मीका ७, दाङका ४, नवलपरासीका ३७, पाल्पाका २९, बर्दियाका १०, बाँकेका ७०, रुपन्देहीका ५१, रोल्पाका १, रुकुमपश्चिमका ६, सल्यानका ६, सुर्खेतका ५, कैलालीका २१, डोटीका १, बाजुराका १, तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार देशभरमा आइसियुमा १६५ जना उपचाररत छन् भने भेन्टिलेटरमा उपचार हुनेको संख्या २१ रहेको छ ।

देशमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना मुक्त रहेका छन् भने सुनसरी, सर्लाही, काठमाडौँ, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित जिल्लामा पर्दछन ।

  • प्रकाशित मिति : भदौ २५, २०७७, बिहीवार ११:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८