भाद्र–२५,२०७७
कोरोना भाइरसबाट निको हुनेको सङ्ख्या २ करोड नाघेको छ । र्वल्डोमिटरको डाटा अनुसार बुधवार बेलुकासम्ममा सङ्क्रमित पुष्टि भएका २ करोड ८० लाख १४ हजार ८ सय ४८ मध्य २ करोड ९१ हजार ७ सय ४५ जना ठिक भएका छन् । यसै गरी, ९ लाख ७ हजार ३ सय ७ जनाको निधन भएको छ ।
बुधवार एकै दिन २ लाख ८६ हजार ५ सय ४८ सङ्क्रमित थपिएका छन् । एक दिनमा ६ हजार २ सय २७ जनाको ज्यान गएको छ । सबैभन्दा खराब अवस्थामा गुज्रिरहेको भारतमा एकै दिन ९५ हजार ५ सय २९ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसै गरी, १ हजार १ सय ६८ जनाको ज्यान गएको छ ।
बिस्तारै ओरालो लाग्ने क्रममा रहेको अमेरिकामा ३५२४४ तथा ब्राजिलमा ३४२०८ नयाँ सङ्क्रमित थपिएका हुन् । पेरु र कोलम्बिया बिस्तारै ओरालो लागेको अवस्थामा छन् भने युरोपेली देश स्पेन, फ्रान्स र जर्मनीमा दोस्रो लहर सुरु भएको छ । यसै गरी, अर्जेन्टिनामा एकै दिन १२ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८