सबैभन्दा आशा गरिएको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेकाले तयार गर्न आटेको कोरोना भ्याक्सिनको तेस्रो चरणको परीक्षण स्थगित भएको छ । यो भ्याक्सिन लिएका एक जना स्वयंसेवक बिरामी भए पछि तेस्रो चरणको परीक्षण तत्कालका लागि स्थगित भएको हो । यो घटनाले भारत, अमेरिका बेलायत र बङ्गलादेश सहित संसारका धेरै देशलाई ठुलो धक्का लागेको छ ।
बेलायतमा स्वयंसेवक बिरामी भए पछि संसारका सबै देशका तत्कालका लागि परीक्षण स्थगित भएको हो । अमेरिकामा गत महिना ३० हजार तथा त्यसै मात्रामा बेलायतमा पनि परीक्षण सुरु भएको सो भ्याक्सिनको ब्राजिलमा ५ हजारका दरले परीक्षण हुँदै थियो । यसै गरी भारतमा पनि यसको अर्को साता परीक्षण हुने तयारी थियो । संसारको सबैभन्दा ठुलो भ्याक्सिन निर्माता कम्पनी भारतकै सिरम इन्स्टिच्युटले त यो भ्याक्सिनको करोडौँ डोज तयार पनि गरिसकेको थियो । यो भ्याक्सिनले मान्यता पाउने बित्तिकै भारत,बङ्गलादेश, अमेरिका, बेलायत र ब्राजिलमा तुरुन्त यो सर्व साधारणका लागि उपलब्ध गराउने तयारी गरिएको थियो । गत साता मात्र बङ्गलादेशले यो भ्याक्सिनका लागि सम्झौता गरेको थियो ।
अमेरिकामा यसका अलावा मोर्डना इन्क तथा फाइजरले जर्मन बायोटेकसंग मिलेर तयार गरेको भ्याक्सिनको तयारी पनि भइरहेको छ । अक्सफोर्डको भ्याक्सिन स्थगित हुनुलाई अस्वाभाविक रूपमा लिनु नहुने धेरैजनाको मत छ । हजारौँ जनामा परीक्षण हुँदा कोही बिरामी हुन सक्नु स्वाभाविक मानिन्छ तर, सुरक्षित रूपले काम अघि बढाउन बिमारीको कारण पत्ता नलाइनुको विकल्प नभएको विज्ञहरूको मत छ ।
युएस फुड एन्ड ड्रग एडमिनीस्ट्रेसन(एफडीए)लाई राष्ट्रपति निर्वाचन अगावै भ्याक्सिन आम सबै साधारणका लागि उपलब्ध गराउन दबाब दिइरहेका डोनाल्ड ट्रम्पलाई यसले थप सङ्कटमा पारेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८