• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

पन्ध्रहजार २५ विरामी मध्ये कहाँ कति छन् ?

  • संबाददाता

पन्ध्रहजार २५ विरामी मध्ये कहाँ कति छन् ?

भाद्र–२४,२०७७

चितवन । देशभर आजसम्म कोरोनाका विरामीहरुको संख्या १५ हजार २५ रहेको छ । जसमध्ये अस्पतालहरुमा उपचार गराईरहेकाको संख्या ७९८८ रहेको छ भने विरामी भएरपनि घरमै रहनेको संख्या ७०३७ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा १३३७ विरामीहरु रहेका छन् । जसमध्ये ५०५ जना विभिन्न अस्पतालमा उपचाररत छन भने ८६२ जना विरामी घरमै रहेका छन् । त्यस्तै प्रदेश २ मा २८७४ विरामी मध्ये ७७४ अस्पतालमा र २५०० जना घरमै छन् । बाग्मती प्रदेशमा ७२३८ विरामी संख्या छ । जसमध्ये ४७७२ उपचाररत छन् भने २४६६ जना घरमै छन् ।

गण्डकी प्रदेशमा ८३३ विरामी मध्ये १०० जना घरमै छन् भने विभिन्न् अस्पतालमा ७३३ जनाको उपचार भईरहेको छ । प्रदेश ५ मा १६०८ जना विरामी रहेका छन् । ति मध्ये ८९५ घरमा र ७१३ जना अस्पतालमा रहेका छन् । कर्णाली प्रदेशमा ३५९ मात्रै विरामी रहेका छन् । जसमध्ये २७५ अस्पताल र ८४ जना घरमै छन् र सुदुर पश्चिम प्रदेशमा ७४६ विरामीहुँदा ६१६ अस्पताल र १३० जना घरमै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका विरामीहरु मध्ये १६२ जना आइसियुमा र २२ जनाको भेन्टिलेटरको सहायतामा उपचार भईरहेको छ ।

आइसियुमा रहेका मध्ये प्रदेश १ मा ५, प्रदेश २ मा २४, वाग्मती प्रदेशमा १०१, गडण्की प्रदेशमा ५, प्रदेश ५ मा २०, कर्णाली प्रदेशमा ६ र सुदुर पश्चिम प्रदेशमा १ जना रहेका छन् ।
वाग्मती प्रदेशमा २१ र गण्डकी प्रदेशमा १ जना गरि २२ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

  • प्रकाशित मिति : भदौ २४, २०७७, बुधवार ११:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८