भाद्र–२४,२०७७
चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १६७ नमुनाको परिक्षण गर्दा १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
आज ३ सय ३८ महिला र ७ सय ४३ पुरुष सहित १०८१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४९ हजार २१९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १५ हजार २५ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार ३७ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९१८ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ३३ हजार ८८२ पुगेको छ । यो ६८.८ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा ३ महिला र ३ पुरुषगरि मृत्यु हुनेको संख्या ६ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३१२ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८