• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

उपत्यका प्रवेश नाकामा सेना परिचालन गरिने


उपत्यका प्रवेश नाकामा सेना परिचालन गरिने

भाद्र–२१,२०७७

काठमाडौं । बढ्दो कोरोना भाईरस संक्रमणलाई निरुत्साहित गर्न उपत्यका प्रवेश नाकामा सेना परिचालन गरिने भएको छ ।
आईतवार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यका प्रवेशमा थप कडाइ गरिनुपर्ने बताएका छन् ।

उपत्यकामा दैनिक सरदर दुई हजार मानिसहरु भित्रिने गरेका छन् । अहिले सरकारले उपत्यका प्रवेशमा अत्याधिक कडाइ गरेको छ । तरपनि अति आवश्यक कारण देखाई प्रवेश गर्नेहरुको कमि आएको छैन । खाद्यान्न,ग्याँस,चामल लगायत ढुवानीगर्ने सवारी साधनमा मानिसहरु आवत जावत गर्ने गरेका छन् । खाद्यान्नका ढुवानीहरु प्रवेशमा रोक लगाउन सम्भव छैन । त्यसैलेपनि सेना परिचालन गरेर भएपनि कडाई गरिनुपर्नेमा प्रमुख जिल्ला अधिकारीहरुले जोड दिएका थिए ।

अहिले नाकामा जनपद प्रहरी र शसस्त्र प्रहरीले निगरानी गरिरहेका छन् । तर प्रहरीले सडकका जँड्याहालाई उठाउनेदेखि सामान्य चोर र उपत्यका भित्रिने २ नम्बरी सामान समेतलाई पक्राउ गनुपर्न भएकोले प्रहरीलाई भ्याइनभ्याइ भएको छ । त्यसैले सिमानाकामा सेनालाई नै खटाउनुको बिकल्प छैन ।

  • प्रकाशित मिति : भदौ २१, २०७७, आइतवार १२:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८