• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

चितवनका ३० सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनका ३० सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र–२१,२०७७

चितवन । भरतपुर महानगरपालिका भित्रका २९ जना समेत गरि चितवनमा ३० जना कोरोना संक्रमित थपिएका छन ।भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशलामा शनिबार गरिएको परीक्षणमा चितवनका ३० सहित ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका १० देखि ६६ बर्ष सम्मका १८ जना पुरुष रहेका छन भने १० देखि ५० बर्ष सम्मका ११ जना महिला गरि २९ जनामा संक्रमण पुष्टि भएको हो । राप्तीका ३४ बर्षका १ पुरुष, कावासोतीका २२ र ३२ बर्षकी २ महिला, बुलिङटारका ३८ बर्षका १ पुरुष र पोखराका ३० बर्षका १ पुरुषमा समेत गरि ३४ मा संक्रमण पुष्टि भएको हो ।
परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट संकलन गरिएका हुन। ।

शनिबार राती १२ वजे सम्म गरिएको परिक्षणमा १३४ वटा नमूना मध्ये १०० वटा नेगेटिभ आएको थियो भने ३४ वटा नमुना पोजेटिभ आएको हो।

हिजो शनिबारनै चितवनमा ४५ जना कोरोना संक्रमित थपिएका थिए।

  • प्रकाशित मिति : भदौ २१, २०७७, आइतवार ००:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८