रहर एल्बमको “हुन्छ भनन” हो, पछिल्लो समय पूजा सुनुवारको अत्याधिक रुचाइएको यो गीतले सिङ्गो टिमलाई सन्तुष्टि दिलाएको छ । दीपक शर्माको शब्द र सङ्गीत रहेको यो गीत पूजाका साथमा डेभिड शंकरले गाएका छन् ।
अहिले नेपाली मात्र होइन सिङ्गो संसार एउटा महामारीको पिडामा छटपटाइरहेको छ । हामी सबै जीवनयापन र महामारीको त्राससँग सङ्घर्ष गरिरहेका छौ । यस बिचमा कोही प्रभावित नहुने कुरै भएन । स्वभाविक रूपमा पूजा पनि प्रभावित भइन् । यो गीतको सफलता पछि स्टेज प्रोग्राम र घुमफिरमा भ्याइ नभ्याई हुनु पर्ने पूजाका लागि अहिले बन्द जीवन बिताउनु परेको छ । परन्तु, उनी यही समयलाई सृजनात्मक रूपमा उपयोग गरिरहेकी छिन्, कोठामै गीतको अध्ययन गर्ने र नयाँ सम्भावनाको बारेमा खोजी गर्ने गरेर ।
त्यसो त नेपालको पूर्वी पहाड साङ्गीतिक क्षेत्रमा उद्गम मानिन्छ । उदयपुरको कटारीमा जन्मिएकी पुजा पूर्वी पहाडका अन्य किशोरझैँ सानैदेखि गीत र सङ्गीतको पारखी बन्दै हुर्किइन् । मेला, सामाजिक जमघट तथा दर्शै, तिहार लगायतका समयमा हुने कार्यक्रममा गीत गाउँदै आइन् ।
जव उनि उच्च शिक्षाको लागि काठमाडौँ आइन् । उनले सुरुमा साधना कला केन्द्रमा प्रकाश गुरुङसँग र त्यस पछिको समय गुरुकुलमा सङ्गीत सिकेपछि झनै निखारिँदै आइन् । त्यसपछि लगातार सफलताको पाइला अघि बढाउँदै आएकी उनको एल्बम नजरको “नसम्झी बसूँ म कसरी ” सफल भयो । यसैबाट उत्साहित उनको साखलाई शंकर थापा इस्माइलसंग गाइएको “सेल्फी २ ”ले अझ बढाएको थियो ।
सबै अग्रजप्रति उत्तिकै सम्मान गर्ने पूजाका लागि एउटा व्यक्ति विशेष आइडियल भन्ने कहिले पनि भएन । सङ्गीतमा लागेको लामो समय पछि ०७२ मा “नजर ” एल्बम साङ्गीतिक जीवनको कोशे ढुङ्गा बनेको हो ।
केटाकेटी हुँदा बाबु वीर बहादुर सुनुवार तथा स्कुलका शिक्षक सूर्य सिंहको गीत गुन गुनाइले उनलाई आकर्षित तुल्याउने गरेको थियो । बाल्यकालको त्यो स्मृति उनमा अझै ताजै छ । त्यही अबोधपनबाट मनमा गढेको साङ्गीतिक मोहकै रूप अहिलेको परिपक्व गायिकाको रूपमा देखिएको छ । नेपालको मध्यपूर्वमा जन्मिएर हुर्किए पनि सुदूर पश्चिमको देउडा लगायत गीत गाइसकेकी उनले सुनुवार, नेपाल र तामाङ भाषाको गीत पनि गाइसकेकी छिन् । उनको गायन यात्राले भन्छ, गीत गाउने मान्छे मात्र होइन, सांस्कृतिक रूपमा नेपाललाई एकीकृत गराउने एउटा संस्कृतिकर्मीको पनि झझल्को दिन्छ । तीनै पूजाको जीवनमा आएका अनगिन्ती मोड मध्ये “रहर ”एल्बम एउटा नयाँ मोड बनेर आएको छ । जुन एल्बमको सफलतासँगै पूजाको छवि अझ चुलिने छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८