• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

कोभिड र मेरो होटेल क्वारेन्टिन


कोभिड र मेरो होटेल क्वारेन्टिन

राधिका कुईकेल खनाल

सुनसान रातमा झ्यालबाट यसो पर्दा चियार हेर्यो अग्ला अग्ला घर र अँध्यारो कोठाले मलाइ प्राय तर्साउछ । लाग्छ यी सबै भुतघर हुन । हिजोको त्यो चहलपहल ,झिलिमिली सम्झिएर अचम्म लाग्छ कि ती मानिस कहाँ लुके होलान यो कोभिडको डरले ।

कहाँ बसेर रोए होलान भोको पेट छट्पटाउदै ती होटेलहरुमा काम गर्ने मजदुर अनि कहाँ भागे होलान ती ब्यबसायी जस्ले बैंकको ब्याज तिर्न नसकेर करोडौ घाटा ब्यहोर्दै छन । ठिङ्गरिङ्ग उभिएर कालो कोठेरिमा परेवाले रात भर पखेटा फर्फराएको मात्र सुनिन्छ यी सुन्धराका ती करोडौ आम्दानीको केन्द सुन्धराका होटेल । अनि आफुलाइ सम्झिन्छु आफ्नो ठूलो दुःखले बनाएको सानो झुपडी जहाँ भित्र पसे पछि दिनभर पिपिई लगाएर ड्युटी सकिएपछी फुकाल्दा बित्तिकै हुने मीठो शितलता प्रदान हुन्थ्यो ।

अझै सम्झिन्छु मेरो मुटुको धड्कन मेरि छोरी जो म घर पुगेको थाहा पाउँदा बित्तिकै कुदेर झोला खोतल्न आइपुग्थीन अनि मैले नुहाइ धुवाइ सकेसी तातो र मिठो चिया ल्याएर खुवाउथीन र भन्थीन ‘ममि यो जागिर छोडिदिनुस’ अब कतिदुःख गर्नु हुन्छ कोरोना लाग्छ क्या । त्यस्तै म आएपछि उज्यालो अनुहार बनाएर बोलाउने ससुराबा र के तरकारी ल्यायौ भन्दै खोतलेर केलाइ कुलाइ पार्ने अनि भोक लाग्यो होला खाजा खायौ ? भनेर सोध्ने सासू आमा । हुन त पेरिसमा बस्ने छोरो र नुवाकोटमा कोरोनाकै लडाइ लड्दै मैदानमा होमिएका श्रीमानको माया र सम्झनालेचै कहाँ मन चयन छ र ?

ऐले मेरा साथीपनि नयाँ बनेका छन जसले कोरोनाको स्वाब कलेक्सनको जिम्मेवारी निभाएका छन अनि परिवार पनि तिनै बनेका छन जो होटेलको त्यो खानै नसकिने मोटा दाना गरेका भात र पहेलो दाल अनि बिहान बेलुकी सधैभरी पकाउने लौका र सिमिको तरकारी, खाना नरुचेर दिक्क मान्दै भोकभोकै खटिएका यो गर्मीमा पिपिई लगाएर । हो ल्याबको टिम जसको स्वाब परिक्षण रिपोर्ट रिचेकमा पर्यो भनेपछि भल भल आँसु झर्छ अनि नेगेटिभ आयो भनेपछि खुसीले लामो सास फेरिन्छ । अन्तमा मेरा साथिहरुले स्वास्थ्यको बारेमा सोध्ने र आफ्नो केयर गर्नु है भनेर सम्झिएकोमा हार्दिक आभार ब्यक्त गर्दछु । काठमान्डौ महानगरका प्रमुखज्यु जो आफै कोरोनाको सिकार बन्नु भएको छ उहाँको मिठासपुर्ण बोली र हामीप्रती देखाउनु भएको माया ममताको सम्मान गर्दछु ।

स्वास्थ्य शाखाका प्रमुखज्यु र कार्यकारी लगायत सम्पुर्ण कर्मचारीबाट प्राप्त सहानुभुती प्रेमको उच्च सम्मान गर्दछु । हामी मैदानमा होमिएका छौ कि सबैलाइ जोगाउँछौ, कि आफै कोरोना सक्रमित बन्छौ निश्चित छ तर मर्दैनौ यो मर्ने रोग हैन हामी डराएका छैनौ । तपाईहरु जसको घर बाहिर निस्कने काम छैन ननिस्कनुहोस कोरोनाले मरिदैन तर आइसोलेसनमा बस्नुपर्दा र त्यसबाट उत्पन्न मानसिक पीडाचै सहन सजिलो छैन त्यसैले सजग हुनुहोस घरमै बस्नुहोस, मेरा सम्पुर्ण इष्टमित्र, साथीभाईहरुमा म यहि सल्लाह सुझाब दिन चाहन्छु । धन्यवाद ।

  • प्रकाशित मिति : भदौ १९, २०७७, शुक्रवार ०३:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८