भाद्र–१८,२०७७
चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ नमुनाको परिक्षण गर्दा १ हजार २२८ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ९४ महिला र ८ सय ३४ पुरुष सहित १ हजार २२८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४२ हजार ८७७ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १८ हजार ४१३ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार ७४२ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ७७१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९ सय १७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २४ हजार २०७ पुगेको छ । यो ५६ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा ४ महिला र २ पुरुषगरि मृत्यु हुनेको संख्या ६ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या २५७ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८