• मंसिर १५, २०८०, शुक्रवार Friday, 01 December, 2023

सिन्धुपाल्चोक पहिरो पिढितलाई ठोरीबासीको सहयोग

  • संबाददाता

सिन्धुपाल्चोक पहिरो पिढितलाई ठोरीबासीको सहयोग

भाद्र–१८,२०७७

चितवन । ठोरीगाउँ पालिका वडा नं.–४ का वडाध्यक्ष बई बहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरुको भेलाले सिन्धुपाल्चोकको जुगल गापा –२ को लिदीमा वितेको श्रावण ३० गते गएको पहिरोमा परेर ज्यान गुमाएका र पहिरोमा परि घाइते भएका, आफन्त बेपत्ता भएर र मृत्यु भएर शोकमा रहेकाहरुलाई राहत वितरण गर्ने उदेश्यले शिक्षक दल बहादुर स्याङबोको संयोजकत्वमा राहत संकलन समिति गठन गरेको छ । उक्त समितिले विस्थापनको पिढामा रहेका परिवारका लागि रु ६ लाख ४१ हजार ५८८ रकम संकलन गरेको बुधबार एक सार्वजनिक कार्यक्रम मार्फत जानकारी गराइएको हो ।

गत भदौ २ गते वडा अध्यक्षकै अग्रसरता मानवीय सेवालाई पहिलो प्रथामिकतामा राख्दै राहत रकम संकलन कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन अभियन्ताको रुपमा स्थानीय सामाजिक मनका धनी शिक्षक दल बहादुर स्याङबोको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको थियो । समितिले नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्सा तथा नेपाल तामाङ घेदुङ ठोरी गापा कार्यसमितिसंग समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको समितिका संयोजक शिक्षक स्याङ्बोले जानकारी दिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा ४ का वडाध्यक्ष बई बहादुर पाख्रीनले लिदीको पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न भुमिका खेल्ने राहत संकलन समिति तथा समन्वय गर्ने सम्पुर्ण व्यक्ति र सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । वडाध्यक्ष तामाङले आगामी दिनमा मानवीय कार्यमा सबैको साथ रहन सकोस भन्ने शुभेच्छा समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा ठोरी गापाकी बोर्ड सदस्य कान्छी पाख्रीन थिङ,नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा, ठोरी कार्य समिति अध्यक्ष धन बहादुर थिङ, श्री मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा लगायतले मानविकी सेवाको विषयमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

  • प्रकाशित मिति : भदौ १८, २०७७, बिहीवार ०८:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८