भाद्र–१८,२०७७
चितवन । चितवन र वुटवलमा गरि थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
भरतपुर ११ कि ४० वर्षीया महिलाको गएराति उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । भाद्र ५ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो ।
चितवनमा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ । तीमध्ये चितवनका मात्रै १० जना र अन्य जिल्लाका ८ जना रहेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा पनि कोरोना संक्रमित थप १ महिलाको मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएकी सैनामैना ११ रुपन्देहीेकी ७७ वर्षीया महिलाको बिहीबार बिहान ४ वजे मृत्यु भएको हो । ती महिलाको बुधबार नै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८