• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

ढोरपाटनमा भुजिखोलाले बस्ती बगायो, १९ जना बेपत्ता

  • संबाददाता

ढोरपाटनमा भुजिखोलाले बस्ती बगायो, १९ जना बेपत्ता

भाद्र–१८,२०७७

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ्गको भुजिखोलाले खोला किनारका बस्ती बगाउँदा १९ जना वेपत्ता भएका छन् । अविरल बर्षासँगै बुधबार राती खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशंका गरिएको छ । प्रहरी घटना स्थल पुग्न कठिन हुँदा मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

स्थानीय जितबहादुर घर्तीका अनुसार लाखुरबाटका तीन जना, जुनापधेँराका दुई जना, घट्टाबोटका १२ जना, भुसुन्डेका दुई जना वेपत्ता भएका छन । पहिरोले तटिय क्षेत्रका करिव दुई दर्जन घर पूर्ण क्षति गरेको छ ।

बाढीले भुजुखोला चौथो र पाँचौ लद्यु जलविद्युत आयोजताको पावर हाउस समेत बगाउँदा सो क्षेत्रमा सम्पर्क विच्छेद हुँदा घटनाबारे पुरा विवरण प्राप्त हुन नसकेको स्थानीयवासी घर्तीको भनाई छ ।
बाढीले जनचेतना प्रावि र सरसस्वती आधारभुत विद्यालयको भवन झोलुङ्गे पुल बगाएको छ । पहिरोले ढोरपाटन सालझण्डी मोटरबोटो पूर्ण रुपमा अवरुद्ध गरेको हुँदा उद्धारको लागि प्रहरी घटना स्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

स्थानीय प्रहरीचौकीबाट प्रहरीको उद्धार टोली पैदल यात्रा माफर्त घटना स्थलतर्फ हिडेको छ । घटना स्थलमा टेलिफोन सम्पर्क विच्छेद हुँदा घटनाबारे विवरण प्राप्त गर्न मुस्किल भएको प्रहरीको भनाई छ । ढोरपाटन नगरपालिका–३ भर्नेबगर खोला किनारमा करिव ३२ बर्षिय पुरुषको पहिचान नखुलेको शव फेला परेको छ ।

ढोरपाटन–सालझण्डी सडक खण्डकोे बस्तीमाथि रहेको फलेगरमा गएको पहिरोले भुजिखोला थुनिएको र खोलाको ताल फुटे पछि बाढी आएको हुन सक्ने स्थानीयबासी जितबहादुर घर्तीले बताए ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेसहितको सुरक्षा निकायको टोली प्रस्थान गरेको छ । (गोप)

  • प्रकाशित मिति : भदौ १८, २०७७, बिहीवार ०१:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८