• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

भरतपुरमा चितवनका ३८ सहित ३९ जना संक्रमित

  • संबाददाता

भरतपुरमा चितवनका ३८ सहित ३९ जना संक्रमित

भाद्र–१७,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशलामा गरिएको परीक्षणमा चितवनका ३८ सहित ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २२ देखि ८० बर्ष सम्मका रहेका छन।

भरतपुर महानगरपालिकाका ८ पुरुष र ११ महिला गरि १९ , रत्ननगरका ६ पुरुष र २ महिला गरि ८ ,खैरहनिका १ पुरुष र ३ महिला गरि ४ , कालिकाका ३ पुरुष र २ महिला गरि ५ , माडिका १ पुरुष र १ महिला गरि २ र सर्लाहीका १ पुरुष सहित ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २२ देखि ८० बर्ष सम्मका रहेका छन।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल , नारायणी सामुदायिक अस्पताल ,बकुलहर अस्पताल र क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

काठमाडौंमा परिक्षण गरिएका स्वाब भने भरतपुर महानगरपालिका ,खैरहनि नगरपालीका , भरतपुर मेडिकल कलेज र इच्छाकामना गाउँपालिकाबाट संकलन गरि पठाइएको हो ।
बुधबार साँझ ७ः२५ वजे सम्म गरिएको परिक्षणमा २१८ वटा नमूना मध्ये १७९ वटा नेगेटिभ आएको हो भने ३९ वटा नमुना पोजेटिभ आएको थियो ।

भाद्र १४ गते आइतबार सम्म संकलन भएका क्यान्सर अस्पताल र पुरानो मेडिकल बाहेकका सम्पुर्ण नमुनाको परिक्षण गरि नतिजा समेत प्रकाशित गरिसकेको भरतपुर कोभिड–१९ अस्पतालले जनाएको छ।

  • प्रकाशित मिति : भदौ १७, २०७७, बुधवार १४:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८