• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

संक्रमित संख्या ४० हजार नाघ्यो, देशभरमा १०६९ थपिए

  • संबाददाता

संक्रमित संख्या ४० हजार नाघ्यो, देशभरमा १०६९ थपिए

भाद्र–१६,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ८८ नमुनाको परिक्षण गर्दा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ४४ महिला र ७ सय २५ पुरुष सहित १ हजार ६९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४० हजार ५२९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १८ हजार ११२ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार २८० रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ६८ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २२ हजार १७८ पुगेको छ । यो ५५ प्रतिशत हुन आउँछ ।

गएको एक दिनमा ११ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको कुल संख्या २३९ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ १६, २०७७, मंगलवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८