• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

चितवनका २० सहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि


चितवनका २० सहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र– १६, २०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार अबेर सम्म संकलित नमुनाको रातिसम्म गरिएको परीक्षणमा चितवनका २० सहित २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जस अनुसार भरतपुरका १ महिला र ९ पुरुष गरि १० जना ,रत्ननगरका १ महिला र ४ पुरुष गरि ५ जना,खैरहनिका १ महिला र २ पुरुष गरि ३ जना, राप्तीका १ पुरुष ,हेटौंडाका १ , पुरुष र १ महिला गरि २ जना, महोत्तरीका १ पुरुष ,गैंडाकोटका १ महिला, देवचुलीका १ महिला, कावासोतीका १ पुरुष ,धनगढीका १ पुरुष ,टीकापुरका १ महिला र बुटवलका २ पुरुष गरि जम्मा २९ जनाको नतिजा पोजेटिभ आएको हो ।

संक्रमितहरु १६ देखि ६६ बर्ष सम्मका रहेका छन छन्। सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका १७३ नमुना परिक्षण गर्दा १४४ नमुनाको नतिजा नेगेटिभ आएको हो भने २९ जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १६, २०७७, मंगलवार ०६:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८