• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण


काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

भाद्र–१५,२०७७

चितवन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । दुईदिन अघि स्वाव परिक्षणका लागि नमुना दिएका शाक्यको सोमवार कोरोना रिपोर्ट पोजेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ ।

‘शाक्यकी श्रीमतीलाई स्वास्थ्यमा समस्या देखिएपछि शाक्य दम्पती  स्वाव परिक्षण गर्न ग्राण्डी अस्पताल पुगेका थिए । पिसिआर परीक्षण गर्दा शाक्यको रिपोर्ट पोजेटिभ आयो भने उनको श्रीमतीको रिपोर्ट नेगेटिभ आएको छ ।

मेयर शाक्य अहिले होम आइसोलेसनमा बसिरेहका छन् । उनलाई कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।

  • प्रकाशित मिति : भदौ १५, २०७७, सोमवार १३:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८