• मंसिर १५, २०८०, शुक्रवार Friday, 01 December, 2023

चौबिस घण्टामा ८८४ थपिँदा कुल संक्रमित संख्या ३७ हजार ३४० पुग्यो

  • चितवन

चौबिस घण्टामा ८८४ थपिँदा कुल संक्रमित संख्या ३७ हजार ३४० पुग्यो

भाद्र–१३,२०७७

पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पिसिआर परिक्षण गर्दा २४२ महिला र ६४२ जना पुरुष गरि ८८४ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । यो संगै देशमा कुल संक्रमित संख्या ३७ हजार ३४० पुगेका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १६ हजार ५७८ पुगेको छ । ति मध्ये होम आइसोलेसनमा अथार्त घरमै रहनेको संख्या ६ हजार ४४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको कुल संख्या २० हजार ५५५ पुगेको छ । यो ५५ प्रतिशत हुन आउछ ।

आज देशभरमा ३ महिला र ९ पुरुषगरि १२ जनाले ज्यान गुमाउँदा हाल सम्म ज्यान गुमाउनेको संख्या २ सय ७ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ १३, २०७७, शनिवार ११:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८