• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

वीरगञ्ज,पाल्पा,कास्की र धनुषामा गरि ६ संक्रमितको मृत्यु

  • चितवन

वीरगञ्ज,पाल्पा,कास्की र धनुषामा गरि ६ संक्रमितको मृत्यु

भाद्र–१३, २०७७

पछिल्लो समय कोरोना भाईरस संक्रमणबाट वीरगञ्ज, पाल्पा,कास्की र धनुषामा गरि थप ६ जनाको मृत्यु भएको छ । वीरगञ्जका ६५ महिला,४३ र ३७ वर्षिय पुरुष गरि ३ जना, पाल्पाका ३० वर्षिय महिला १ जना, कास्कीका ५२ र धनुषाका ६५ वर्षिय पुरुष समेत गरि ६ जनाको मृत्यु भएको छ ।

वीरगञ्जकी ६५ वर्षिय महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि शुक्रबार दिउँसो नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा साँझ छ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

पाल्पाको तानसेन–८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको छ । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । मुटुमा समस्या देखिएकी उपचाररत महिलाको शुक्रवार साझ ६ः३० वजे मृत्यु भएको हो ।

कास्कीमा पनि कोरोना भाईरसका कारण ५२ वर्षिय पुरुषको मृत्यु भएको छ । मृतक पोखरा महानगरपालिका–१६ का स्थायी बासिन्दा हुन् । भदौ १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका उनको उपचारको क्रममा शुक्रबार राति १२ः३० बजे मृत्यु भएको भएको थियो ।

धनुषाका पनि ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या देखिएका उनलाई बुधबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियोे । उपचारको क्रममा विहिवार नै मृत्यु भएका उनको शुक्रवार साँझ मात्र कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

वरिगञजमा थप २ को मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज–१२ का ४३ र २६ का ३७ वर्षीय पुरुष रहेका छन् ।

मृतक ४३ वर्षीय पुरुषको वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा मृत्यु भएको हो । उनी एचआईभी र हेपाटाइटिस बी ले ग्रसित थिए ।

  • प्रकाशित मिति : भदौ १३, २०७७, शनिवार ०३:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८