चितवन । बाँके,कैलाली र ललितपुरमा गरि थप ३ जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनिया भएपछि उनलाई ८ गते उपचारका लागी अस्पताल भर्ना गरिएको थियो । उपचार कै क्रममा गए राति १ः३० बजे उनको मृत्यु भएको हो ।
यता धनगढी स्थित प्रादेशिक अस्पतालमा पनि गोदावरी नगरपालिका कैलालीका ४५ वर्षिय पुरुषको मृत्यु भएको छ । धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचाररत पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा स्थान्तरण गरिएको गरिएको थियो ।
यस्तै ललितपुरको पाटन अस्पतालमा पनि थप अर्का एक व्यक्तीको मृत्यु भएको छ । काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति ९ः३० बजे मृत्यु भएको हो । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८