देशभर कोरोनाबाट काठमाडौंका ३ सहित ७ जनाको मृत्यु

  • खवर मुलुक-संबाददाता
  • भदौ ०९, २०७७

भाद्र–९, चितवन । विगत २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र २ पुरुष काठमाडौंका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार देशका विभिन्न जिल्लाहरुमा १ महिला र ६ पुरुष गरी जम्मा ७ जनाको मृत्यु भएको हो ।

काठमाडौँका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला गरी तीन जना, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८