• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनका ३७ जना सहित देशभरी ८ सय ५५ संक्रमित थपिए

  • खवर मुलुक-संबाददाता

चितवनका ३७ जना सहित देशभरी ८ सय ५५ संक्रमित थपिए

भाद्र–९, चितवन । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ११ हजार ३ सय २७ नमुना परिक्षण गर्दा विगत २४ घण्टामा ८ सय ५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
मंगलबारसम्म नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३ सय १३ जना घर फर्केका छन् । हाल सम्म निको हुनेको संख्या १९ हजार ११९ पुगेको छ । विगत २४ घण्टामा चितवनमा ३७ जना संक्रमित थपिएका छन् भने काठमाण्डौ उपत्यकामा २ सय ३२ जना ।

  • प्रकाशित मिति : भदौ ९, २०७७, मंगलवार ११:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८