[ फाेटाे : Hospital staff carry the body of a person who died of COVID-19 to a morgue in Mumbai, India, Friday, May 29, 2020. Most of the over 150,000 cases are concentrated in five of Indias 28 states, though an increase in cases has also been reported in some eastern states as migrant workers have begun arriving home from big cities on special trains. (AP Photo/Rajanish Kakade) ]
भाद्र–९, चितवन । पछिल्लो समय ललितपुर,विरगञ्ज,धरान र वुटवलमा गरि थप ५ जनाले कोरोना भाईरसबाट ज्यान गुमाएका छन् । ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा काठमाण्डौका ७४ वर्षिय धनुषाका ७६ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनीहरू दुबैको सोमबारनै मृत्यु भएको हो ।
पर्सा जीराभवानी गाउँपालिका वडा नम्बर ४ का ६८ वषर््िाय पुरुषको मृत्यु पश्चात कोरोना पुष्टि भएको छ । वीरगञ्ज स्थित अस्थायी कोभिड विशेष अस्पतालमा उनको आईतवार राती नै मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएका उनको दुवै छातीमा निमोनिया रहेको चिकित्सकले बताए ।
धरानस्थिति विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत २२ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको सोमवारनै मृत्यु भएको थियो ।
कोरोना संक्रमित घाईतेको वुटवलमा मृत्यु
घरको छतबाट खसेर गम्भीर घाइते भएका रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५० वर्षीय पुरुषको उपचार नपाएर मृत्यु भएको छ । छतबाट खसेका उनको टाउकोमा गम्भिर चोट लागेको थियो । स्वाव परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएपछि डाक्टरहरुले उपचार गर्न नमानेपछि मृत्यु भएको परिवारले जनाएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८