• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

आज ९ जनाले ज्यान गुमाए

  • खवर मुलुक-संबाददाता

आज ९ जनाले ज्यान गुमाए

चितवन । नेपालमा पछिल्लो २४ घण्टामा ६ वर्षिय वालिका सहित थप ९ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेका छ भने यो मृत्युदर ०.५ प्रतिशत रहेको छ ।

देशभरमा १२ हजार ६२१ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये संस्थागत आईसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् भने होम आईसोलेसनमा ३ हजार ९१६ जना रहेका छन् ।

  • प्रकाशित मिति : भदौ ६, २०७७, शनिवार १२:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८