• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

देशभरमा ६ सय ३४ संक्रमित थपिए

  • खवर मुलुक-संबाददाता

देशभरमा ६ सय ३४ संक्रमित थपिए

चितवन । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ हजार ५१९ स्वावको नमुना परिक्षण गर्दा ६ सय ३४ जनामा कोरोना पुष्टि भएको हो ।
देशभरमा विगत २४ घण्टामा १ सय ३६ जना उपचारपछि घर फर्केका छन् । उक्त संख्या सहित १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् भने आज मात्रै ९ जना थपिएर १ सय ४६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • प्रकाशित मिति : भदौ ६, २०७७, शनिवार ११:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८