• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

देश चलाउने श्रमिकमाथि ‘वर्ग शत्रु’ को व्यवहार किन ? कांग्रेस

  • खवर मुलुक-संबाददाता

देश चलाउने श्रमिकमाथि ‘वर्ग शत्रु’ को व्यवहार किन ? कांग्रेस

काठमाडौ । कोरोना भाइरसको महामारीका कारण विश्व नै आक्रन्त बनेको बेला नेपालमापनि स्थिती भयावह बन्दै गएको छ । आर्थिक अवस्था कमजोर भएर विदेशमा रोजगारीका लागी गएका नेपालीहरुको उद्धारमा सरकारले देखाएको अदुरदृष्टि तथा जिम्मेवारी बिहीन व्यवहारप्रति नेपाली कांग्रेसले सरकार प्रति आपत्ति जनाएको छ ।
गत असार १ गते सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो ।
सो आदेश कार्यान्वयन गर्न कुनै तदारुकता नदेखाएको र विचमा २ पटक प्रयास मात्रै गरेको र दुई महिनापछि पुनः अत्याधिक महंगो चार्टर फ्लाईटको टिकटदेखि अन्य सबै खर्च श्रमिकले नै बेहोर्नु पर्ने व्यवस्था गरेर विदेशमा रहेका श्रमिकहरुलाई पीडामाथि पीडा थप्न लागेको प्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।
अप्ठ्यारोमा परेका प्रवासी नेपालीहरुलाई सरकारले सहानुभुती र सहाराको हातेमालो गर्नु पर्नेमा कुरामा लिखित र मौखिक रूपमा निरन्तर प्रधानमन्त्री हुदै सम्बन्धित निकाय समक्ष माग गरिएको स्मरण गर्दै कांग्रेसले शनिबार विज्ञप्ति जारी गरी सार्वजनिक रुपमा सोही माग पुनःदोह¥याएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज पुनः सार्वजनिक रुपले त्यही माग र आग्रह गर्दै दोहो¥याउ“दै प्रश्न गर्न चाहन्छौ—६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नु कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ? मन्त्रीपरिषदको पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाईटको अनुमति दिने निर्णय गरेको थियो । उद्वारमा सरकारको यो कछुवा गतिले विदेशमा पीडामा रहेका नेपालीको मर्म बुझेको नदेखिएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
सरकारले गरेको पछिल्लो निर्णयले विदेशमा असजिलोमा परेका नेपालीप्रति कुनै मानवीय भावना नै नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्वार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्वारमा व्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ । एक त चार्टर फ्लाईटको महंगो टिकट काट्नु पर्ने, दोस्रो होटेल क्वारेन्टिनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, तेस्रो पीसिआर परीक्षण पनि आफै गराउनुपर्ने र गाउ“ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने । अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को व्यवहार ?
रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट व्यवस्था गरेर निःशुल्क उद्वार गर्न कांग्रेसले सरकारस“ग माग गरेको छ । यस सम्बन्धमा सर्वोच्चको आदेश पालना गर्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको छ ।

  • प्रकाशित मिति : भदौ ६, २०७७, शनिवार ०९:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८