चितवन । पर्सामा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–४ का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा आज विहान ७ः१० बजे उनको मृत्यु भएको हो । उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्याले ग्रस्त उनको स्वाब परिक्षण गर्दा भदौ ४ गते कोरोना रिर्पोट पोजेटिभ देखिएपछि उनलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । वीरगञ्ज हेल्थ केयरमा गम्भिर अवस्थामा ६ जना संक्रमित रहेका छन् जसमध्ये २ जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
चितवनका मृतकमा कोरोना पुष्टि
भदौ ४ गते विहिवार राती उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । निमोनियाले ग्रस्त भएका ७५ वर्षिय बृद्धलाई भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । मृत्यु पश्चात उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षण गर्दा रिर्पो पोजेटिभ आएको थियो ।
चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना भएकाले उक्त स्वावको भरतपुर प्रयोगशालामा रिकन्र्फम गर्दा समेत रिर्पोट पोजेटिभ आएको थियो । चितवनमा हाल सम्म कोराना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । जसमध्ये कैलालीका १ र मकवानपुरका १ जना रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८