• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

तीजमा सुनसान रहे मठ मन्दिर

  • संबाददाता

तीजमा सुनसान रहे मठ मन्दिर

नारायणगढ बजारमा सुनसान मन्दिर तथा सडक

चितवन । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आज घर घरमै मनाईएको छ । जिल्लामा निषेधाज्ञा रहेका कारण मठमन्दिर,गांउ तथा बजारहरुका सडक तथा चोकहरुमा ब्रतालुहरुको कुनै रौनक देखिएन । गएका वर्षहरुमा नारायणगढ, भरतपुर, टाडी,पर्सा लगायत गांउका साना–साना चोकमा समेत प्रशस्तै मात्रामा नाचगान र दोहोरीहरु देख्न पाईन्थे । आमा समूह टोल विकास संस्थाहरुले पनि त्यस्ता कार्यक्रमहरुको आयोजना गर्दथे तर अहिले कोरोना महामारीका कारणले प्रायः देशै लकडाउनमा रहेका कारण ति प्रतियोगिताहरु न सुन्न न देख्न पाईयो । लामो समयदेखि विशेष तीज गित प्रतियोगिता गर्दै आएको कालिका एफ एम लगायत अन्य सञ्चार संस्थाहरुले पनि यस्ता कार्यक्रमहरु स्थगित गरे ।
ब्रतालुहरुले विहानैदेखि भिडभाड हुने गांउ तथा शहरका शिवालय तथा अन्य मठ मन्दिरहरु प्रायश सुनसान देखिए । नारायणगढको गौरेश्वर मन्दिर, हरिहर मन्दिर, महाकालेश्वर, नारायणी किनारमा रहेको शिवालय लगायतका मन्दिरहरुमा पुजारी मात्र देखिन्थे । फाट्ट फुट्ट एक दुई महिला निषेधाज्ञा छलेर मन्दिर सम्म पुगेका देखिन्थे ।

मा रहेका अटल सौभाग्य, सुयोग्य वर र परिवारको कल्याणका लागि कठोर व्रत बसेर भगवान शिवको पूजा गर्ने दिन । तर आज शिवालयहरु सुनसान छन् । हजारौं भक्तजनले दर्शन गर्ने मन्दिरमा पनि आज चहलपहल बन्द छ । कोरोना संक्रमणको जोखिमका कारण सरकारले जारी गरेको निषेधाज्ञा र मन्दिर बन्द गरिएका कारण व्रतालुहरु खासै देखिएनन् । अघिल्ला वर्षका तीजमा व्रतालुहरुको भिड व्यवस्थापन गर्नै हम्मेहम्मे पर्थ्यो । बाटैभरि नाचगान गरेर रमाइलो गर्नेहरु भेटिन्थे । अघिल्ला वर्षहरुमा कालिका एफ एम, त्रिवेणी एफ एम, हाम्रो एफ एम लगायतले आफ्नो प्राङगढमा तीज गित ग्रतियोगिता हुने गर्दथ्यो तर यसपाली जो कोहिलाई चाडको कुनै औचित्य नै नरहेको स्थानिय महिलाले बताउनु भयो ।

  • प्रकाशित मिति : भदौ ५, २०७७, शुक्रवार १०:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८