• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

वीरगञ्ज र वुटवलमा गरि थप दुईको मृत्यु

  • संबाददाता

वीरगञ्ज र वुटवलमा गरि थप दुईको मृत्यु

चितवन । कारोना भाइरसको संक्रमणबाट वीरगञ्ज र वुटवलमा १÷१ जना गरि थप दुईको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –१५ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मधुमेह, उच्च रक्तचाप, थाईराइड, क्षयरोगका विरामी रहेका पुरुषको स्वास्थ्यमा समस्या आएपछि भदौ २ गते राति नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्ने क्रममा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि भदौ ३ गते बिहान अस्थायी कोरोना अस्पताल, वीरगञ्ज हेल्थकेयरमा भर्ना गरिएको थियो । विहिवार साँझ ५ बजेतिरबाट उनको स्वास्थ स्थिति गम्भिर हुँदै गएपछि अस्पतालले सम्भव भए सम्म प्रयास गर्दा पनि बचाउन नसकिएको डा.दिपक कुशवाहाले बताए । हिजो एक जना थपिएसंगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
यता बुटवलको कोरोना विशेष अस्पतालमा प्युठान स्वर्गद्धारी–७ का १ पुरुषको मृत्यु भएको छ । बुटवल धागो कारखनामा रहेको कोरोना विशेष अस्पतालको आइसियूमा उपचाररत उनको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाले जानकारी दिए । भदौ १ गते देखि उनी अस्पतालको आइसियूमा उपचाररत थिए ।

  • प्रकाशित मिति : भदौ ५, २०७७, शुक्रवार ०४:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८