• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

चितवनका २२ सहित २६ जना कोरोना संक्रमित थपिए

  • संबाददाता

चितवनका २२ सहित २६ जना कोरोना संक्रमित थपिए

चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको ३ सय ६ जनाको नमुना परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका १९ जना छन् । वडा नं.–२, ७, १० र ११ का ११ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरि परिक्षण गरिएको थियो । यस्तै राप्ती नगरपालिकाको वडा नं.२ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका हुन ।
अन्य संक्रमण पुष्टि हुनेहरुमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक÷एक गरि ४ जना रहेका छन् । नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो । आज २२ जना संक्रमित थपिएसंगै चितवनमा कुल संक्रमितको संख्या ३०३ पुगेको छ ।
क्यान्सर अस्पतालमा थप ३ जना नर्स संक्रमित
बिहीबार राति गरिएको परीक्षणमा क्यान्सर अस्पतालका ३ जना स्टाप नर्सहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्मा पौडेलले जानकारी दिए अनुसार संक्रमित नर्सहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । क्यान्सर अस्पतालमा ३ जना संक्रमिता थपिएसंगै कुल संक्रमितको संख्या १० जना पुगेको छ ।
यस्तै बिहीबार राति कै परीक्षणमा पर्वत, पर्सा र मकवानपुरका एक जना बिरामीमा पनि क्यान्सर अस्पतालकै रहेको छ ।

  • प्रकाशित मिति : भदौ ५, २०७७, शुक्रवार ०२:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८