• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

भारतको भन्दा खराब अवस्था नेपालको हुन सक्ने

  • संबाददाता

भारतको भन्दा खराब अवस्था नेपालको हुन सक्ने

अहिले भारतमा दैनिक ७० हजारको आसपासमा समेत कोरोनाको सङ्क्रमण देखिन थालेका छन् । भारतका लागि यो दुःखद समाचार हो तर त्यत्तिकै मात्रामा खुसीको समाचार पनि । एकै दिन लगभग ६० हजारको हाराहारीमा संक्रमितहरु निकोपनि भए भने ९ सय ८० जनाको मात्र मृत्यु भयो । भारतको कोरोना भाइरस महामारी अहिले सङ्क्रमण दर उचाइमा पुगेको छ । तर उपचार पद्धतिमा उल्लेख्य प्रगति गरेकै कारण भारतले परीक्षणको दायरा व्यापक बनाएको छ । छोटो समयमै रोग पत्ता लागेका कारण मृत्यु दर घट्दो छ । पछिल्लो समय दृत्यदुर २ प्रतिशत भन्दा कम देखिएको छ । यत्ति मात्र होइन गएको ६ महिना पोजेटिभ दर हरेक दिन बढ्दै गए पनि पछिल्लो समय यो स्थिर रहन थालेको छ । अगस्ट ९ का दिन पोजेटिभ रेट बढेर ९ प्रतिशत सम्म पुगेको थियो । तर यो एकै दिनमा झरेर ८.७२ प्रतिशतमा पुगेको थियो । यसले भारत कोरोना महामारीको भयबाट बिस्तारै मुक्ति पाउने अपेक्षा धेरैको रहेकोछ ।
यहाँ भारतकै तथ्याङ्क किन उल्लेख गर्न खोजिएको हो भने भारतका हरेक घटनाले नेपाललाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पार्ने गर्छ । विहार र उत्तर प्रदेशको तथ्याङ्क नेपालका लागि अझ मिल्दोजुल्दो हुन्छ ।
भारत भरमा पछिल्लो समय हुने गरेका परीक्षण मध्ये २७ प्रतिशत विहार र उत्तर प्रदेशमा हुने गरेका छन् । मङ्गलवार यी दुवै राज्यमा १ लाख ८ हजारका दरले परीक्षण गरिएको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले दैनिक १ लाख २५ हजार परीक्षणको लक्ष्य रहेको बत्ताएका छन् । त्यसो त विहारको रिकभरी रेट पनि एक सातामा ६५ देखि ७५ प्रतिशत पुगेको छ । उत्तर प्रदेशको मृत्यु दर घटेर १.५१ प्रतिशतमा झरेको छ । सबै भन्दा आश्चर्य जनक कुरा त विहारको ४ प्रतिशत र उत्तर प्रदेशको ६ प्रतिशत पोजेटिभ दर रहेको छ । नेपालको हकमा यो दर ५.९१ देखिएको छ । नेपालको यो दर केही निश्चित जिल्ला (तराइ र काठमाडौँ सहितका ठुला सहर) मा भएका कारण नेपालका यी स्थानको अवस्था भारतको भन्दा भयावह हुने देखिएको छ । पछिल्लो समयमा दिल्लीमा गरिएको सिरो सर्भेमा २३ प्रतिशत कोरोना भाइरसबाट सङ्क्रमित भएर ठिक भइसकेको देखिएको थियो ।
यी सबै तथ्याङ्कले के देखाएको छ भने नेपालको अवस्था भारतको भन्दा पनि अझ खराब हुन सक्छ । अझ पनि लापरबाहीको क्रम नेपालमा यथावतै रहेको छ ।

  • प्रकाशित मिति : भदौ ४, २०७७, बिहीवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८