• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

२१ हजारको सामान किनेका साहले जिते १० लाख उपहार, १ लाख पाउने को को?

  • खबरदाता

२१ हजारको सामान किनेका साहले जिते १० लाख उपहार, १ लाख पाउने को को?

पर्साका लालबाबु साह कानुले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गतको १० लाख उपहार जितेका छन्।

आन्तरिक राजस्व विभागले असोज १ देखि १५ गतेसम्मका खरिदकर्ताहरूको लागि असोज १६ गते शुक्रबार घोषणा उपहार घोषणा गरेको हो।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका थिए।

उपहार जितेका कानुले २१ हजार रूपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको आन्तरिक राजस्व विभागले बताएको छ।

कार्यक्रमलगत्तै आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भूषालले कानुलाई फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।

जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या २ लाख ४७ हजार ९७९ थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या ३ करोड १५ लाख ७० हजार ३०७ थियो।

त्यसैगरी, असोज १ देखि १५ गतेसम्मको दैनिक एक लाखका दरले उपहार विजेताहरू पनि घोषणा गरिएको छ।

यी हुन् १ लाख विजेता

  • प्रकाशित मिति : असोज १६, २०८३, शुक्रवार १६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८