• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

नेपाली क्रिकेट टोलीको विजयी सुरुआत

  • खबरदाता

नेपाली क्रिकेट टोलीको विजयी सुरुआत

नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको हो ।

जापानको कोरोगी एथलेटिक पार्कमा अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका सन्दीप जोराले ३४, रोहितकुमार पौडेलले अविजित ३३ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

अफगानिस्तानका फरिदुन दाउदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्ताका फैसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रनले ३०–३० तथा नाङ्ग्याल खरोटीले अविजित १७ रन बनाए ।

नेपालका कुशल भुर्तेलले चार र ललितनारायण राजवंशीले तीन विकेट लिए ।

सुखद सुरुआत गरेको नेपालले समूह‘ए’ दुई अंक जोडेको छ । पराजित अफगानिस्नाको पनि दुई खेलबाट दुई अंक नै छ ।

पहिलो खेलमा अफगानिस्तानले घरेलु टोली जापानलाई ४८ रनले पराजित गरेको थियो ।

अब नेपालले शनिबार जापानको सामना गर्नेछ ।

  • प्रकाशित मिति : असोज ९, २०८३, शुक्रवार १४:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८