काठमाडौँ : माथिल्लो त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङ भित्र एक जनाको शव भेटिएको छ। उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा शव फेला परेको हो।
यही सुरुङबाट आज बिहान २ जनाको सकुसल उद्धार गरिएको थियो। शुक्रबार बिहान करिब साढे ८ बजे सञ्जय साह ९सप्तरी० र कवीर महर्जन (काठमाडौँ)को उद्धार गरिएको थियो। साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् भने महर्जन आयोजनाका सुपर भाइजर हुन्। उनीहरू भदौ १० गते आएको विनाशकारी रसुवा बाढीमा परी सुरुङभित्र थुनिएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८