• भदौ १८, २०८३, बिहीवार Thursday, 03 September, 2026

रसुवा बाढी: १ हजार २५२ शव भेटिए, ४ हजार बढी अझै सम्पर्कविहीन

  • खबरदाता

रसुवा बाढी: १ हजार २५२ शव भेटिए, ४ हजार बढी अझै सम्पर्कविहीन

रसुवा बाढीमा परी मृत्यु भएका १ हजार २ सय ५२ जनाको शव भेटिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २०८ शव फेला परेको हो।

फेला परेकामध्ये ९५ शव सनाखत भई परिवारजनले बुझेका छन्। बाढीका कारण ४ हजार २१६ जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। हालसम्म बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ।

 

  • प्रकाशित मिति : भदौ १८, २०८३, बिहीवार १२:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८