• भदौ १४, २०८३, आइतवार Sunday, 30 August, 2026

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

  • खबरदाता

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको सरकारी तथ्यांकले विपद्को भयावह अवस्था देखाएको छ।

सरकारको उद्धार अनुरोध पोर्टलमा रहेको पछिल्लो अभिलेखअनुसार १५ हजार ३२९ जना अझै हराइरहेका छन्। हालसम्म २ हजार ५०७ जना फेला परेको विवरण पोर्टलमा उल्लेख छ भने १ हजार ८०८ जनाको भेट तथा समस्या समाधान भएको जनाइएको छ।

बेपत्ता हुनेमा बालबालिकाको संख्या पनि ठूलो छ। अभिलेखअनुसार १८ वर्षमुनिका ६७६ बालबालिका र ६० वर्षभन्दा माथिका ४०९ ज्येष्ठ नागरिक अझै हराइरहेका छन्।

पोर्टलमा पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३३० जनासम्बन्धी हराएको विवरण रिपोर्ट भएको देखिन्छ। यसले बाढी प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिसको अवस्था अज्ञात रहेको संकेत गर्छ।

यसैबीच, बाढीपछि बगाएर ल्याएका शवहरू संकलन तथा पहिचानको काम पनि जारी छ। आज चितवनका नदी तथा बगर क्षेत्रमा थप शव संकलन गर्न लागिएको बताइएको छ।

भोटेकोसीमा आएको बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

बाढीका कारण कतिपय बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् भने बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी छ।

  • प्रकाशित मिति : भदौ १४, २०८३, आइतवार १२:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८