• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

शनिबार कस्तोछ तपाईको भाग्य? हेर्नुहोस राशिफल

  • खबरदाता

शनिबार कस्तोछ तपाईको भाग्य? हेर्नुहोस राशिफल

चितवन-२०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट २२ तारिख। साउन शुक्ल पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष – दिन सामान्य छ। ठुलो कारोबार नगर्नु उचित हुनेछ। साथीले धोका दिने भएका हरेक काममा सचेत बन्नु राम्रो हुनेछ । शिक्षा र स्वास्थ्यमा थप मिहिनेत गर्नुपर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

वृष – दिन राम्रो छ। साथीको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा नयाँ यात्राको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशको धनले मन आकर्षित गर्नेछ।

मिथुन – दिन सामान्य राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी बढ्नेछ। धार्मिक क्षेत्रमा मन नजाने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट – दिन राम्रो छ। डुब्न लागेको धन उठ्ने छ। हरेक क्षेत्रमा हुने अवरोधबाट मुक्त हुन धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

सिंह – सोचेर बोल्नुपर्ने दिन छ। ठुला व्यक्तिको सुझाव अनुसार काम गर्नु उचित हुन्छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या- दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परोपकारमा लगानी गर्नु राम्रो हुनेछ।

तुला – दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारको निर्णय तपाईंको पक्षमा हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

वृश्चिक – दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। वैदेशिक क्षेत्रको लगानी डुब्ने जोखिम छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

धनु – दिन सामान्य छ। विश्वास गरेका साथीले धोका दिनेछन्। अरुको ख्याल गर्दा आफ्नो स्वास्थ्यमा समस्या हुनसक्छ। राज्यको अंगमा गरेको सेवाबाट नाफा हुनेछ। परिवारमा गोप्य कुरा नसुनाउनु राम्रो हुन्छ।

मकर – सञ्चित धन खर्च हुनेछ। आफ्नै बोलीका कारण साथीभाइ टाढा हुनेछन्। परिवारको सल्लाह लिएर मात्र काम गर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

कुम्भ – साना कुराले मनमा खुसी मिल्नेछ । महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक यात्रा हुने योग छ। आज राजनीति नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नु उचित हुन्छ ।

मीन – आफ्नै बोलीका कारण आफन्त टाढिने छन्। शिक्षामा लाभ भए पनि राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक सहजै बन्नेछ।

  • प्रकाशित मिति : भदौ ६, २०८३, शनिवार ०५:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८