• भदौ ५, २०८३, शुक्रवार Friday, 21 August, 2026

रास्वपाले क–कसलाई बनायो पदाधिकारी ?

  • खबरदाता

रास्वपाले क–कसलाई बनायो पदाधिकारी ?

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले केही पदाधिकारी मनोनीत गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले पार्टीको प्रवक्तामा जगदीश खरेललाई मनोनीत गरेको हो । नेता मनिष झाका अनुसार सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन् ।

कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ मनोनित भएका छन् । सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित भएका छन् ।

उपसभापति, महामन्त्रीसहितका पदमा मनोनयन गर्न बाँकी छ ।

  • प्रकाशित मिति : भदौ ५, २०८३, शुक्रवार १६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८