• भदौ ३, २०८३, बुधवार Wednesday, 19 August, 2026

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

  • खबरदाता

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

चितवन– २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६ अगष्ट १९ तारिख। साउन शुक्ल पक्षको सप्तमी तिथि । तुलसीदास जयन्ती, विश्व फोटोग्राफी दिवस र राष्ट्रिय सूचना दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष – दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथी शान्त रहेकाले सोचेको काम बन्नेछ। परिवारभित्र भने समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृष – धनलक्ष्मी योग परेकाले दिनलाई सदुपयोग गर्नुपर्ने छ। स्वास्थ्य र शिक्षाको लगानीले हौसला थपिने छ। परिवारमा मनमुटाव हुने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ।

मिथुन – दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। लगानी गरेको क्षेत्रमा चिट्ठा पर्ने दिन छ।

कर्कट – दिन राम्रो छ। सम्पत्ति बढ्नेछ। राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह – दिन सामान्य छ। आफन्त टाढा पुग्नेछन्। अनावश्यक यात्रामा समय र पैसा खर्च हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ र सहयोग मिल्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कन्या – दिन राम्रो छ। कृषि सम्बन्धीको व्यापारबाट नाफा हुनेछ। काम सहज बन्नेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। धार्मिक यात्रा हुने योग छ।

तुला – दिन राम्रो छ। मानसम्मान मिल्नेछ । शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। कलाको क्षेत्रमा उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारको विवादबाट जोगिएर काम गर्नु उचित हुन्छ।

वृश्चिक – दिन सामान्य छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। सानो कुराले धेरै सताउने जोखिम रहेको छ। राजनीति र शिक्षामा सुधारका संकेत देखिने छन्। व्यापारमा मिहिनेतको फल प्राप्त हुनेछ।

धनु – दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ आयाम थपिने छन्। स्वास्थ्य र शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर – दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँगको एकताले मन शान्त भए पनि परिवारको विवादले मन अशान्त बन्नेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। एकल लगानीले घाटा हुने जोखिम छ।

कुम्भ – आज पठनपाठनमा रुची बढ्नेछ । कतै नतिजा कुरेको भए तपाईको पक्षमा नतिजा आउनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन्।

मीन – दिन सामान्य छ। आज विवाद बढ्ने भएकाले थोरै बोल्नु उचित हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र स्वास्थ्यमा ढिलासुस्ती हुनेछ। रोजगारीका क्षेत्रमा सहकर्मीसँग विवाद बढ्नेछ।

  • प्रकाशित मिति : भदौ ३, २०८३, बुधवार ०५:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८