२०८३ साल साउन ३१ गते आइतबार सन् २०२६ अगष्ट १६ तारिख। साउन शुक्ल पक्षको चतुर्थी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष – आज नयाँ काम थालनी नगर्नु उचित देखिन्छ । खर्च बढ्ने छ। कतै घाउचोट लाग्ने भएकाले आज सतर्क रहनु उपयुक्त हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ।
वृष – शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रशंसा गर्नेछन्। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने समय छ। परिवारमा भने खटपटी बढ्नेछ।
मिथुन – आज सामान्य दिन छ । संकटमा साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।
कर्कट – आज तपाईंमाथि धेरैले शंका गर्नेछन्। गरेको काममा असन्तुष्टि बढ्नेछ। साथीले सहयोग नगर्दा मन अशान्त बन्नसक्छ। आज व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
सिंह – प्रियजनसँगको भेटले मनमा खुसी हुनेछ। मिष्ठान्न भोजन हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।
कन्या – परिवारमा मेलमिलाप हुनेछ। स्वदेशमा गरेको लगानीबाट नाफा हुने योग छ। धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्। परिवारसँगको व्यवहारमा सुधार हुँदा प्रेम सम्बन्ध मजबुत बन्नेछ।
तुला – आज खर्च बढ्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ। पारिवारिक मेलमिलाप हुनेछ । साथीको साथ मिल्ने योग छ ।
वृश्चिक – हरेक क्षेबमा मिहिनेत गरेर क्षमताको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।
धनु – हरेक काममा सफलताका लागि मिहिनेत गर्नुपर्ने समय छ। विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्ने छ। एकल भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुने योग छ। विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ।
मकर – व्यापारमा लाभ हुनेछ। लगानीका क्षेत्रमा फाइदा हुने योग छ। मनमा उत्साह बढ्नेछ। श्रमलाई प्राथमिकता दिनुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ।
कुम्भ – हरेक काममा परिश्रम गर्नुपर्ने समय छ। व्यवहारिक बोझले केही समस्या देखिनेछन्। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीन – दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने छ। साथीले सहयोग गर्ने छन्। व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८