• साउन २३, २०८३, शनिवार Saturday, 08 August, 2026

बङ्गलादेशस् सडक दुर्घटनामा १६ जनाको मृत्यु

  • एजेन्सि

बङ्गलादेशस् सडक दुर्घटनामा १६ जनाको मृत्यु

बङ्गलादेशमा शुक्रबार दुई अलग–अलग सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्व सिल्हट क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ७ः३० बजे दुई यात्रु बाहक बसहरू आपसमा ठक्क्र खाँदा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको सिल्हट जिल्लाका प्रहरी उपरिक्षकका चौधरी एमडी जाबेर सादेकले बताउनुभयो ।

प्रहरी उपरिक्षक सादेकका अनुसार आठ जना घटनास्थलमै मृत्यु भएको र एक जनाको घाइते अवस्थामा उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा थप १४ जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

त्यसैगरी ढाकाबाट करिब १९७ किलोमिटर उत्तरपश्चिमको बोगुरा जिल्लामाभएको अर्को एकसडक दुर्घटनामा सात जनाको मृत्यु भएको र १५ जना घाइते भएको स्थानीय दमकल सेवा तथा नागरिक सुरक्षा कार्यालयका अधिकारी एमडी शाहिदुल इस्लामले बताए ।

उनले दुर्घटना बिहान ५ः३० बजे भएको र तीव्र गतिमा चलाइएको बस नियन्त्रण बाहिर गएर सडकछेउका कामदारहरूको समूहमाथि ठोक्किएको बताए ।

सबै घाइतेहरूलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको उनले थपे ।

  • प्रकाशित मिति : साउन २३, २०८३, शनिवार ०५:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८