• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरियो, बेल्जियम अन्तिम १६ मा

  • खबरदाता

अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरियो, बेल्जियम अन्तिम १६ मा

बेल्जियमविरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ ।

खेलको पहिलो हाफको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा इस्माएला सारले गोल गर्दै नतिजा २-० मा पुर्‍याए ।

बेल्जियमका रुमेलो लुकाकुले खेलको ८५ औँ मिनेटमा गोल फर्काएका थिए । ८६ औँ मिनेटमा यौरी टिएलम्यानले गोल गर्दै नतिजा २-२ को बराबरीमा पुग्यो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १२५ ‍औँ मिनेटमा सेनेगलका लेमिन केमेराले डिबक्स एरियामा फाउल गरे ।

भीएआर परीक्षणपछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी दिए । यौरी टिएलम्यानले उक्त मौका सदुपयोग गर्दै गोल गरेपछि बेल्जियम सेनेगलविरुद्ध ३-२ ले विजयी हुनपुग्यो ।

  • प्रकाशित मिति : असार १८, २०८३, बिहीवार ०५:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८