• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

कांग्रेसको एक महिने जरा अभियान सुरु

  • खबरदाता

कांग्रेसको एक महिने जरा अभियान सुरु

नेपाली कांग्रेसको एक महिने जरा अभियान सुरु भएको छ। क्रियाशील सदस्यता अद्यावधि गर्नको लागि सभापति गगन कुमार थापाले अभियानको सुरुआत गरेका हुन्।

सभापति थापाले आफ्नो वडा काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा क्रियाशील सदस्यता अद्यावधि गरी शुभारम्भ गरे।
अभियान वैशाख मसान्तसम्म जारी रहने जनाइएको छ।

यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने व्यवस्था गरिएको छ।

  • प्रकाशित मिति : वैशाख १, २०८३, मंगलवार १३:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८