• असोज २, २०८३, शुक्रवार Friday, 18 September, 2026

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

  • खबरदाता

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा हल्का वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगातय देशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ ।

पहाडी भूभागमा तथा कोसी प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा, बाँकी हिमाली भूभाग तथा कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

विभागले राति हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

बाँकी हिमाली क्षेत्र र कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

  • प्रकाशित मिति : चैत २८, २०८२, शनिवार ०६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८