• वैशाख ४, २०८३, शुक्रवार Friday, 17 April, 2026

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट

  • खबरदाता

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो निर्णयको प्रभाव विश्वव्यापी बजारमा तत्कालै देखिएको छ । यसले कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ ।

अमेरिकी कच्चा तेलको मूल्य १८ प्रतिशतले घटेर करिब ९२।६० डलर प्रतिब्यारेलमा झरेको छ । ब्रेन्ट क्रुड ६ प्रतिशतले घटेर करिब १०३.४० डलर प्रतिब्यारेल पुगेको छ । यद्यपि, यी मूल्यहरू अझै पनि युद्ध सुरु हुनुभन्दा अघिको स्तरभन्दा बढी नै छन् ।

यसैबीच, अमेरिकी सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ, जसले लगानीकर्ताहरूमा आत्मविश्वास बढाएको बताइएको छ । सैन्य तनाव कम हुँदै गएमा आर्थिक अवस्था स्थिर हुन सक्ने बजारको अपेक्षा छ ।

यसअघि ट्रम्पले एक ठूलो घोषणा गर्दै इरानमाथि हुने भनिएको सम्भावित बमबारीलाई दुई हप्ताका लागि स्थगित गरिएको बताएका छन् । उनले यो ‘दुवै पक्षबाट लागु हुने युद्धविराम’ हुने स्पष्ट पारेका छन् । यसको अर्थ यो अवधिमा अमेरिका र इरानले कुनै आक्रामक कदम नचाल्ने बताइएको छ ।

  • प्रकाशित मिति : चैत २५, २०८२, बुधवार ०७:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८