• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

  • खबरदाता

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार ९चैत ११० पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।

मंगलबारदेखि जारी बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार, बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशन तयारी, उमेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायत विषयमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने प्रवक्ता चालिसेले बताए ।

मंगलबारको बैठकको सुरुमा सभापति गगनकुमार थापाले आगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए ।

  • प्रकाशित मिति : चैत ११, २०८२, बुधवार ०६:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८