• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज देशभर बादल लाग्ने, यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • खबरदाता

आज देशभर बादल लाग्ने, यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।

वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षारहिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार, कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङरअसिना/हावाहुरीसहित मध्यम वर्षारहिमपातको सम्भावना छ ।

राति भने देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रासस

  • प्रकाशित मिति : चैत ७, २०८२, शनिवार ०६:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८