• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

सुनको मूल्य एकैदिन तोलामा ७८ सयले घट्यो

  • खबरदाता

सुनको मूल्य एकैदिन तोलामा ७८ सयले घट्यो

नेपाली बजारमा शुक्रबार (चैत ६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम छ । बिहीबार (चैत ५) छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ८९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

  • प्रकाशित मिति : चैत ६, २०८२, शुक्रवार १२:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८