• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

जेनजी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते

  • खबरदाता

जेनजी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मंसिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख छ ।

त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सो आन्दोलनका घाइतेलाई आग्रह गरिएको छ । रासस

  • प्रकाशित मिति : चैत ६, २०८२, शुक्रवार ०६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८