• असार २६, २०८३, शुक्रवार Friday, 10 July, 2026

पेट्रोलको मूल्य लिटरमा १५ र डिजेल-मट्टीतेलमा १० रुपैयाँ बढाइयो

  • खबरदाता

पेट्रोलको मूल्य लिटरमा १५ र डिजेल-मट्टीतेलमा १० रुपैयाँ बढाइयो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रालको मूल्य लिटरमा १५ रुपैयाँ बढाइएको छ भने डिजेलरमट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो ।

सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १७१ रुपैयाँ र तेस्रो वर्गका लागि १७२ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५१ रुपैयाँ र तेस्रो वर्गका लागि १५२ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

निगमले विषयम परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको जनाएको छ । ‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ । यसबाट आम उपभोक्तालगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

  • प्रकाशित मिति : चैत २, २०८२, सोमवार ०६:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८